Flash News ::
रवि लामिछानेको थुनछेक बहस सुरु :
Posted By -Rakesh Kumar Raut
- २९ पुष २०८१,सोमबार Updated
- / 178 Read
काठमाडौं पुस २९। काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR