१६ बैशाख २०८३,बुधबार

अध्यक्ष दाहाल : सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ

  • २ माघ २०८१,बुधबार Updated
  • / 172 Read

अध्यक्ष दाहाल : सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ

काठमाडौँ माघ २। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् । अध्यक्ष दाहालले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको बताए । उनले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताए । उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने बताए । उनले भने, ‘खानेपानी हामीले ९० प्रतिशत भन्दा माथि जनसंख्यालाई खुवायौँ भनेका छौँ । तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ । जिउँदै मार्ने टाइपको । यो विषय कति गम्भीर छ ।’ अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्नेकुराले मात्रै नेपाली जनताको मापन गर्ने नभई नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको बताए । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page