पेस्तोलसहित भारतीय नागरिक पक्राउ :
- ७ माघ २०८१,सोमबार Updated
- / 194 Read
रौतहट माघ ७। सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका हुन् । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्। भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो। बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्। पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR