१६ बैशाख २०८३,बुधबार

एक जना पुरुषको शव फेला : गुल्मी

  • ८ माघ २०८१,मंगलवार Updated
  • / 192 Read

एक जना पुरुषको शव फेला : गुल्मी

गुल्मी माघ ८। गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए । घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको छ ।  घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page