Flash News ::
थुनछेक बहस जारी : रविको विरुद्ध मुद्दा
Posted By -Rakesh Kumar Raut
- १० माघ २०८१,बिहीबार Updated
- / 191 Read
बुटवल माघ १०। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस सुरु भएको हो । यता रविको पक्षमा सुशील पन्तको नेतृत्वका बहस हुनेछ। बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल, सुनिल लामिछानेले बहस गरेका छन् । अहिले उच्च सरकारी वकिलको कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपानेले बहस गरिरहेका छन् । उनीहरूको बहस सकिएपछि पीडित तर्फबाट कानुनी व्यवसायीले बहस गर्नेछन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR