१६ बैशाख २०८३,बुधबार

बैठक चलाउने तयारी विरोधकाबीच संसद् ;

  • १६ चैत्र २०८१,आईतवार Updated
  • / 193 Read

बैठक चलाउने तयारी विरोधकाबीच संसद् ;

काठमाडौँ चैत १७ । प्रमुख प्रतिपक्षी दलहरूको विरोधकाबीच संसद् चलाउने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको छलफलपछि बैठक अवरोधकैबीच अघि बढाउने तयारी गरेका हुन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय सार्दै आइरहेको छ ।

आजमात्रै संसद् सचिवालयले तीनवटा सूचना जारी गरिसकेको छ ।

संसद् सचिवालय स्रोतका अनुसार, आइतबार विपक्षीहरूको निरन्तर अवरोधपछि संसद् बैठक पटक पटक सरेको छ ।

गत १३ चैतबाट अवरुद्ध बैठक नचल्दा संसदलाई अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सकस हुने देखिएको छ ।

प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् ।

विपक्षीहरूले भने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने बताउँदै आएका छन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page