Flash News ::
नयाँ रेकर्ड सुनको भाउमा दिनदिनै
Posted By -Rakesh Kumar Raut
- १७ चैत्र २०८१,सोमबार Updated
- / 303 Read
काठमाडौँ चैत १८ । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ ।
चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR