१६ बैशाख २०८३,बुधबार

फेरी २ जना पक्राउ : तीनकुने घटनामा

  • २६ चैत्र २०८१,बुधबार Updated
  • / 219 Read

फेरी २ जना पक्राउ : तीनकुने घटनामा

काठमाडौं चैत २७ । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।

यो घटनामा पक्राउ पर्नेको संख्या ७५ पुगिसकेको छ ।

१५ चैतमा दुर्गा प्रसाईंले कमाण्ड गरेको राजावादी आन्दोदनमा दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आजगनी र लुटपाट समेत भएको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page