जनकपुरमा सडकपेटी अतिक्रमण— शहरी अनुशासनको संकट
- ४ जेष्ठ २०८२,शनिबार Updated
- / 422 Read
सडकपेटी अतिक्रमण— शहरी अनुशासनको संकट
जनकपुरधाम २०८२।२।३ — जनकपुर उपमहानगरपालिका भित्रका सवै वाडामा सडकपेटी(फुटपाथ) अतिक्रमणको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । पैदलयात्रिका लागि वनाइएका सडक छेउका फुटपाथहरु व्यापारिक प्रयोजन,अस्थायाी संरचना तथा व्यक्तिगत स्वार्थका लागी प्रयोग हुनुले जनजिवनमा प्रत्यक्ष असर परेको छ । यसले न केवल ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याएको छ ,वरु नागरिकहरुमा हिँडडुलको अधिकारमाथि पनि भम्भीर हस्तक्षेप गरेको छ ।
फुटपाथहरु पैदल यात्रुहरुको सहज र सुरक्षित आवगमनका लागि बनाइएका हुन । तर जनकपुरका धेरै स्थानहरुमा यी फुटपाथहरुमा ठेला,पसल,पार्किङ्ग,निर्माण समाग्री देखी लिएर निजि प्रयोजनसम्मका गतिविधिहरु देखिन्छन । यसले सडकको अव्यवसथा त सृजना गरेको छ नै, साथै दुर्घटनाको जोखिम पनि बढाएको छ ।
शहर व्यवस्थापनको दृष्टिकोणले हेर्दा फुटपाथ अतिक्रमण केवल अनुशासनको आभाव मात्र होइन,प्रशासनिक कमजोरी र समन्वयको न्यूनताको स्पष्ट उदहरण हो । उपमहानगरपालिकाले पटक पटक अतिक्रमण हटाउने नाममा अभियान चलाए पनि ती अल्पकालिन र प्रभावहीन सावित भएका छन् । कारवाहीको अस्थायित्व नहुनु,राजनितिक दवाव र दोषिहरुप्रति सहानुभूतिपूर्ण व्यवहारले यो सम्स्या अमm चर्किएको देखिन्छ ।
यस समस्याको समाधान खोज्नका लागि अव स्थानिय सरकार गम्भीर हुनुपर्छ । नियमित अनुगमन ,स्पष्ट नीतिनिर्माण,दण्डको कडाई र नागरिक सचेतन अभिवृद्धि अनिवार्य छन् । साथै विकलपस्वरुप व्यवस्थित तरकारी बजार,ठेला क्षेत्र वा खालि स्थानहरुको विकास गर्न सकिन्छ , जसले अतिक्रमणकर्तालाई बैकल्पिक व्यवस्था दिन सन्छ ।
शहरी अनुशासन कायमगर्न र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न फुटपाथको संरक्षण आवशयक छ । यदि आजै गम्भीर पहल गरिएन भने जनकपुरको ट्राफिक समस्या, दुर्घटना दर र शहरी सौन्दर्यमा गम्भीर असर पर्ने छ ।
जनकपुरले आफ्नो एतिहासिक र धार्मिक गरिमा जोगाउदै आधुनिक शहरी व्यवस्थापनमा अधि बढन चहन्छ भने फुटपाथ अतिक्रमणको अन्त्य त्यसको पहलो कदमहुन सक्छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR