१६ बैशाख २०८३,बुधबार

सुन : एकैदिन तोलामा ५ हजार बढ्यो

  • ८ जेष्ठ २०८२,बुधबार Updated
  • / 238 Read

सुन : एकैदिन तोलामा ५ हजार बढ्यो

काठमाडौं जेठ ७ । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page