निर्वाचन नजिकिँदै, सुर्खेतबाट थापाको एमाले र बालेनप्रति प्रहार
- १४ फाल्गुन २०८२,बिहीबार Updated
- / 91 Read
सुर्खेत, १४ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा गगनकुमार थापाले सुर्खेतबाट नेकपा एमाले र बालेन्द्र शाहप्रति कडा प्रहार गरेका छन्।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा एमालेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले संसद् भवन पहिले जलेको र त्यसपछि मात्र गोली चलेको भन्ने एमालेको दाबीप्रति असहमति व्यक्त गरे।
थापाले जेनजी आन्दोलनप्रति मौन रहेको भन्दै बालेन्द्र शाहप्रति पनि अप्रत्यक्ष कटाक्ष गरे। “एउटा प्रवृत्ति इन्कार गर्छ र भन्छ—सबै ठीक थियो। अर्को प्रवृत्ति बोल्दैन, तर घटनाबाट राजनीतिक लाभ लिन खोज्छ,” उनले भने।
उनका अनुसार नेपाली कांग्रेस दुवै प्रवृत्तिभन्दा भिन्न धारमा उभिएको छ र घटनाको वस्तुगत मूल्यांकन आवश्यक छ।
फागुन २१ गते हुने निर्वाचन सन्दर्भमा उनले कांग्रेस चुनावी परिणामको चिन्ता नगरी अभियानमा केन्द्रित रहेको दाबी गरे। निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR