जनताको विश्वासलाई परिणाममा बदल्ने प्रतिबद्धता : शिशिर खनाल
- २५ फाल्गुन २०८२,सोमबार Updated
- / 83 Read
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले जनताले दिएको विश्वासलाई परिणाममा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले जनताले मतसँगै ठूलो जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई असफल हुने कुनै छुट नरहेको बताए।
उनले जनताको विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने दिशामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
खनालले देशमा रोजगारी सिर्जना गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताउँदै पार्टीले आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिए।
संसदमा रास्वपाको उल्लेखनीय उपस्थितिका कारण काम नलाग्ने पुराना कानुन खारेज गर्ने र आवश्यकता अनुसार नयाँ कानुन निर्माण गर्ने दाबी पनि उनले गरे।
काठमाडौं–६ बाट खनाल २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR