बंगलादेशमा हिन्दू भिक्षु पक्राउ
- ११ मंसिर २०८१,मंगलवार Updated
- / 421 Read
बंगलादेशको रंगपुरमा अल्पसंख्यक हिन्दुहरुको सुरक्षाको माग गर्दै भएको प्रदर्शनपछि पक्राउ गरिएको हो । हिन्दू पुजारी तथा अल्पसंख्यकका नेता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई पक्राउ गरेको हो । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भए पछि भएको व्यापक अल्पसंख्यक माथिको हिंसा भएको थियो । उहाँ त्यसको विरुद्धमा अल्पसंख्यकको अधिकारलाई लिएर वर्तमान सरकारसंग प्रश्न गर्दै आएका थिए । त्यही तनावको बीचमा आचार्य दास पक्राउ गरिएको हो ।
हिन्दू सन्त तथा बंगलादेशी अल्पसंख्यकहरुको नेता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाका प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा लगेको इस्कानका प्रवक्ता राधारमण दासले भारतका विदेश मन्त्री एस जयशंकर र ढाकामा रहेको भारतीय उच्चायोगलाई ट्याग गर्दै लेखेका छन ।
यसबारे बंगलादेशको सरकारले अहिलेसम्म आधिकारिक बयान जारी गरेको छैन । ब्रह्मचारी दास यस हप्ताको सुरुमै एयरपोर्टमा पक्राउ गरिएको थियो। उनको गिरफ्तारी हिन्दूप्रति भैरहेको लक्षित हिंसाको बिरूद्ध उनको स्पष्ट अडानको कारण गरिएको स्रोतले बताएको छ ।
१७ करोड जनसंख्या भएको बंगलादेशमा झण्डै ८ प्रतिशत हिन्दूहरू छन्। पूर्वप्रधानमन्त्री शेख हसिनालाई पदच्युत भए पछि बनेको मोहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकार अल्पसंख्यकहरू विरुद्धको हिंसामा वृद्धिलाई रोक्न असफल भएकोमा आलोचनाको सामना गर्नु परेको छ।
पछिल्लो समयमा हिन्दूहरुको घर र मन्दिरहरूमा तोडफोड गरिदै आएको छ । केही दिन अघि नै बंगलादेशको चटगाउँमा अल्पसंख्यकहरुको र्यालीमा भाग लिने १९ जना विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको थियो।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR