१६ बैशाख २०८३,बुधबार

२०० बोरा अनुदानको ल लुकाएर राख्ने व्यापारी पक्राउ

  • १८ भाद्र २०८२,बुधबार Updated
  • / 156 Read

२०० बोरा अनुदानको ल लुकाएर राख्ने व्यापारी पक्राउ

१८ भदौ, काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २00 बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए ।जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।

अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page