१६ बैशाख २०८३,बुधबार

सुनको भाउ बढ्यो, तोलामा ३ लाख नाघ्यो

  • १७ फाल्गुन २०८२,आईतवार Updated
  • / 71 Read

सुनको भाउ बढ्यो, तोलामा ३ लाख नाघ्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेर तोलामा ३ लाख २० हजार ५०० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो। आजको कारोबारमा मूल्य वृद्धिले लगानीकर्ता र उपभोक्तामा चासो बढाएको देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा पुगेको छ, जुन शुक्रबारको मूल्य ५ हजार ७ सय ४० रुपैयाँ थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिको असर स्वदेशी बजारमा परेको बताएको छ। व्यापारिकहरूले सुनको मूल्य वृद्धिले आभूषण बजारमा समेत प्रभाव पार्ने अनुमान गरेका छन्।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page