१६ बैशाख २०८३,बुधबार

मन्त्रीज्यू सवार गाडि दुर्घटना

  • ८ माघ २०८१,मंगलवार Updated
  • / 350 Read

मन्त्रीज्यू सवार गाडि दुर्घटना

मिति २०८१/१०/०७ गते राती ९:३०बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ रामानन्दचोक स्थितमा पिडारीचोकबाट रामानन्दचोक तर्फ आउँदै गरेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू सवार  म.प्र.०२-००१ झ ०१६५ नं.को गाडीलाई विपरित दिशा रमानन्द चोकबाट पीडारी चोकतर्फ जादै गरेको  खानेपानी डिभिजन पर्साको म.प्र.०३-००१ झ ००९६ नं.को स्करापियो गाडि तिव्र गतिमा अनियन्त्रित भई सडकको विपरीत लेन अर्कोसाईडतर्फ उछिट्टिएर मा. मन्त्रीज्यू सवार गाडीलाई ठक्कर दिँदा  मन्त्रीज्यू सवार म.प्र.०२-००१ झ ०१६५ नं.को गाडी चालक जिल्ला सिरहा बिष्णुपुर न.पा.१ बस्ने अं.वर्ष २८ को रञ्जित कुमार सिंहको अनुहार,दाहिने आखाँ  र शरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य ।


सोही गाडिमा सवार मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहज्युको छातीमा चोट अवस्था तत्काल सामान्य ।


 खानेपानी डिभिजन पर्साको म.प्र.०३-००१ झ ००९६ नं.को चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-७ बस्ने अं.वर्ष २१ को सजन मण्डलको टाउँको र घाँटीमा चोट अवस्था सामान्य रहको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page