Flash News ::
सुर्खेत छिन्चुमा शंकास्पद वस्तु फेला, सुरक्षा सतर्कता कडा
Posted By -लोक आवाज
- १९ फाल्गुन २०८२,मंगलवार Updated
- / 80 Read
सुर्खेत। भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। स्थानीयले सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा “खतरा” लेखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल पुगेको प्रहरी टोलीले क्षेत्रलाई सुरक्षित घेरामा राखेर सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के.सीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता कडा गरिएको छ।
शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच र निष्क्रियकरण प्रक्रिया अघि बढाउने तयारीमा रहेको प्रहरीले जनाएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR