मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरू पक्राउ
- १७ श्रावण २०८२,शुक्रबार Updated
- / 260 Read
१६ साउन, काठमाडौं । प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ गर्नका लागि प्रहरीले बिहीबार रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो ।चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।सो अप्रेसनबाट ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको एक अधिकारीले बताए ।ती अधिकारीले अनलाइनखबरसँग भने, ‘गुण्डागर्दीमा संलग्न थुप्रै व्यक्तिहरुलाई पक्राउ गरिएको छ र उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।हरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई बुधबार राति पक्राउ गरेको थियो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR